
काठमाडौं । जन्मदिनको अवसरमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरेका छन् ।
पुष्प खड्का र साम्राज्ञी शाह स्टारर फिल्म अब पुस २९ गते प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने फिल्मको मुख्य भूमिकामा सन्दीप क्षेत्री र सरोज खनाल समेत छन् ।
लभस्टोरी कथावस्तुमा आधारित फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । मंसिर ४ गते आमनिर्वाचन र विश्वकप फुटबल सकिएपछि निर्माताले फिल्ममार्फत दर्शकले मनोरञ्जन लिने विश्वास लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4