
११ असोज, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन् ।
एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ प्रदान गर्ने भएको हो ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एशोसिएसनले डा पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
एशोसिएसनले नेपाल स्थित संस्थाको प्रतिनिधिको उपस्थितिमा आउदो पुस ७ गते विशेष समारोह आयोजना गरी डा। पुनलाई उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ ।
एशोसिएसनले डा। पुनलाई प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
‘तपाईंले गर्नुभएको योगदानको उच्च प्रसंशा गर्दै हाम्रो संस्था एनआरएनए (नन रेसिडेन्ड नेपाली एशोसिएसन) क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ तपाईंलाई समर्पण गर्ने निर्णय गरेका छौँ,’ एशोसिएसनले पठाएको पत्रमा उल्लेख छ।
आफूलाई पुरस्कार प्रदान गर्ने निर्णयले सेवाको भावनाबाट विचलित नहुन थप प्रेरणा मिलेको डा. पुनले बताए ।
‘यस्ता प्राप्त हुने प्रशंसापत्रहरुले म आफ्नो बाटोबाट (सेवाको भावनाबाट) विचलित नभएको र नहुन प्रेरणा दिने गरेको अनुभूति गरेको छु,’ डा पुनले भने ।
प्रतिक्रिया 4