
११ असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय, तेजावी सुनको मूल्य ९० हजार ९ सय र चाँदीको मूल्य १ हजार १५० रुपैयाँ प्रतितोला तेकिएको छ ।
आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने स्थिर थियो । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ८०० र तेजावी सुन ९१ हजार ३०० रूपैयाँ तोकिएको थियो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ तोलामा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4