
११ असोज, काठमाडौं । हङकङको राष्ट्रिय ध्वजाबाहक क्याथे प्यासेफिकले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ ।
कम्पनीले १ अक्टोबर (१५ असोज)देखि हङकङ–काठमाडौं–हङकङ रुटमा उडान गर्न लागेको हो ।
कोभिड-१९ महामारीसँगै क्याथे प्यासेफिकले हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको छ ।
क्याथे प्यासेफिकले भने झण्डै तीन वर्षपछि काठमाडौं उडान गर्न लागेको हो । कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौंका लागि योजना बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4