
काठमाडौं । टुबोर्ग नेपालले गायक भेकको स्वरमा ‘खोलौं रमेर’ गीत सार्वजनिक गरेको छ । अमेरिकी गायक जेसन डेरुला सहभागी हुने ‘टुबोर्ग ओपन कन्सर्ट २०२२’ लाई मध्यनजर गर्दै टुबोर्गले गीत सार्वजनिक गरेको हो ।
भेकले टुबोर्ग ओपनि थिम ‘टेक द स्टेज’ अन्तर्गत जेसनलाई अमेरिकाको लस एन्जलसमा पुगेर भेट्ने मौका पाएका थिए । जेसनको मेन्टरसिपबाट सिकेका कुरालाई आत्मसात गर्दै भेकको नयाँ गीत आएको हो । गीत टुबोर्ग नेपालको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको छ ।
नेपालको लोकप्रिय बियर ब्रान्ड टुबोर्गको उत्पादक कम्पनी गोर्खा ब्रअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्ग ओपन अभियान नेपाली संगीत क्षेत्रको प्रवद्र्धनका लागि एउटा प्रयास भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4