
४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ ।
असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको बन्द सूची प्रति नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरी विरोधमा उत्रेको छ । आयोगले बिहीबार र शुक्रबार बन्द सूचीमा रहेका नामहरुमा संशोधन गर्न समय दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4