११ असोज, काठमाडौं । म्यानचेस्टर युनाइटेडका डिफेन्डर लुक साले कप्तान ह्यारी म्याग्वेर हाल फुटबलमा सबैभन्दा विवादित खेलाडी रहेको टिप्पणी गरेका छन् ।
इङ्गल्यायान्ड र म्यानचेस्टर युनाइटेडमा सँगै खेल्ने सेन्टर ब्याक खेलाडी ह्यारी फुटबलमा सर्वाधिक विवादित खेलाडी रहेको साले टिप्पणी गरेका हुन् ।
सोमबार इङ्गल्यान्ड र जर्मनीबीचका खेल ३–३ को बराबरी सकिएको थियो । त्यसमा दुई गोल म्वाग्वेरको गल्तीका कारण खाएको थियो । गारेथ साउथगेटको टिममा उनले सुरुवाती लाइनअपमा अवसर पाएकामा पनि प्रश्न उठेको छ ।
‘ह्यारी एक अद्भूत खेलाडी हो । एक उत्कृष्ट चरित्र भएको खेलाडी’ साले बीबीसीसँग भने, ‘उनको जति आलोचना भइरहेको छ । यति धेरै मैले हालसम्म फुटबलमा सुनेको छैन ।’
जतासुकै आलोचना भइरहँदा म्याग्वेरलाई कमजोर बनाएको साले बताए । बाहिर आलोचना भए पनि उनलाई टिमका साथी र प्रशिक्षकबाट सदैव विश्वास र साथ रहेको पनि उनले बताए । ‘यो समय उनलाई कठिन भइरहेको छ । तर हामी सबै टिम नै उनको समर्थनमा छौं । उनी एक महत्वपूर्ण खेलाडी हुन् ।’
म्याग्वेर म्यानचेस्टर युनाइटेडका कप्तान हुन् । हाल उनको आलोचना मात्रै होइन घरमा बम हान्ने धम्की समेत आएको थियो ।
उनले शुक्रबार इटालीविरुद्ध खेल हारेपछि भने, ‘म म्यानचेस्टर युनाइटेडको कप्तान हुँ र इंगल्याण्ड टिममा पनि म्यानचेस्टरको खुब चर्चा हुन्छ । क्लबले मेरो बारेमा सबैभन्दा धेरै कुरा जानकारी छ । वास्तवमा म ती हल्लाहरु सुन्दिन ।’
आफ्नो खेललाई लिएर आलोचना भइरहेको भन्दै म्याग्वेले भनेका छन्, ‘…म एकदमै राम्रो खेलाडी हुँ अहिले मेरो प्रदर्शन राम्रो नदेखिँदा समर्थकहरु खुसी हुनुहुन्न । तर समय परिवर्तन हुनेछ ।’
प्रतिक्रिया 4