+
+

विराटनगरमा पर्यटन सूचना केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १७:१०

११ असाेज, विराटनगर । प्रदेश १ का पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।

प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र यातायात लगायतका सेवा प्रदायक निकायको सूचना दिने उद्देश्यले सूचना केन्द्र स्थापना भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिको पहलमा पर्यटन व्यवसायी एवं सरोकारवालाहरुको सक्रियतामा केन्द्र स्थापना भएको हो । उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ समितिको बरगाछीस्थित कार्यालयमा उक्त केन्द्र राखिएको छ । मंगलबार महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले केन्द्रको उद्घाटन गरे ।

उपाध्यक्ष राउतले इलामको पशुपतिनगर र झापाको बिर्तामोडमा सूचना केन्द्र स्थापना भए पनि विराटनगरको रानी नाकामा पर्यटन डेस्क स्थापना नभएकाले विराटनगरमा सूचना केन्द्र राखिएको बताए । प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिंदै उनले हाल रहेका १६ वटा आन्तरिक विमानस्थल सञ्चालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए ।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि अध्यागमन सेवाको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताए ।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?