
११ असोज, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले विश्व पर्यटन दिवसको अवसरमा पर्यटन व्यवसायीहरुलाई सम्मान गरेको छ ।
आफ्नो ४७औं स्थापना दिवस समेत मनाएको पाटाले लाइफटाइम अचिभमेन्ट अवार्ड २०२२ बाट पाटा नेपाल च्याप्टरका संस्थापक कोषाध्यक्ष जोतिलाल खन्ना, पाटा पर्सनालिटी अफ द इयर २०२१ बाट नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी र टुरिजम ट्रेल ब्लेजर अवार्ड २०२२ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई सम्मान गरेको हो ।
पाटाले वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ ग्लोबल कलेज इन्टरनेशनललाई प्रदान गरेको छ ।
कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटन उद्योगको दीगो विकास र पुनरुत्थानका लागि स्वास्थ्य सुरक्षा, पर्यटकहरुको सुरक्षा, गन्तब्य तथा पर्यटन उपजहरुको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिमा निजी तथा सरकारी सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा पाटा नेपाल च्याप्टरले आगामी वर्ष ६–९ जुन २०२३ सम्म आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो समेत सार्वजनिक गरिएको थियो । पाटा नेपाल च्याप्टरले सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्टका तीन संस्करण आयोजना गरिसकेको छ । महामारीपछि मार्ट रोकिएको छ ।
नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीले नेपाली पर्यटनको सम्भावनालाई थप उजागर गर्न तथा पर्यटनबाट अधिकतम लाभ लिन परम्परागत स्रोत बजार कायम गर्दै एसिया क्षेत्रबाट माग बढाउन सुझाव दिए ।
प्रतिक्रिया 4