
११ असोज, काठमाडौं । सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरुले अब आफ्नो परिचयपत्र भदौ मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने भएको छ ।
सरकारले सामाजिक सुरक्षा निमायवली २०७६ मा संशोधन गर्दै यस्तो नियम ल्याएको हो । यसअघि कात्तिक मसान्त भित्र परिचय पत्र नवीकरण गर्दा हुने प्रावधान रहेको थियो । तर, चालु आर्थिक वर्षका लागि भने कात्तिक मसान्त भित्र नवीकरण गर्दा समेत मान्य हुने सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली २०७९ मा उल्लेख छ ।
यो निमायवली राजपत्रमा प्रकाशित गरिएको छ । यसअघि चौमासिक रुपमा वितरण हुने सामाजिक सुरक्षा भत्ता अहिले त्रैमासिक रुपमा वितरण हुने गरेको छ । सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्दा सामाजिक सुरक्षा भक्ता पाउने व्यक्ति आफै उपस्थिति हुनुपर्छ । आफैं उपस्थित हुन नसक्ने व्यक्ति बालबालिको हकमा भने निवेदनका आधारमा वडा कार्यालयबाट नवीकरण हुने छ । यस्तो विवरण स्थानीय तहले अध्यावधिक गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्नुपर्छ ।
प्रतिक्रिया 4