
११ असाेज, विराटनगर । नेपाल चिकित्सक संघले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने तयारी गरेको छ । चिकित्सक संघ कोसी शाखाका अध्यक्ष फरवार्ड शिलवालका अनुसार २९औं राष्ट्रिय सम्मेलन फागुन १८ देखि २० गतेसम्म विराटनगरमा गर्ने तयारी छ ।
सम्मेलनमा एक हजार डाक्टरहरु सहभागि हुनेछन् भने ५० वटा अनुसन्धान मुलक कार्यपत्र चिकित्सकले प्रस्तुत गर्नेछन् ।
नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र सवलिकरणबारे पनि छलफल हुनेछ । सम्मेलनका सहभागिताका लागि आवेदन दिन चाहनाले अगाडि नै आफ्नो अनुसन्धानमुलक लेख वेभसाइट मार्फत पठाउनुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4