
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए ।
श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ ।
यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो ।
अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ । तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4