
काठमाडौं । हलिउड फिल्म ‘डेडपुल’का दुवै संस्करणले नेपाली बक्स अफिसमा राम्रो कमाइ गरेका हुन् । तेस्रो श्रृंखलालाई लिएर फ्यानहरु अधैर्य छन् ।
यही मेसोमा हलिउड स्टुडियो मार्भलले आफ्नो एक ठूलोमध्येको घोषणाअन्तर्गत ‘डेडपुल’को तेस्रो सिक्वेल घोषणा गरेको छ । अभिनेता रायन रिनोल्ड्सले सामाजिक सञ्जालमार्फत ह्युज ज्याकम्यान लोकप्रिय चरित्र वुल्भरिनकै रुपमा फिल्ममा पुनरागमन गर्नेछन् । फिल्मको प्रदर्शन मिति पनि ६ सेप्टेम्बर २०२४ लाई तय गरिएको छ ।
भिडियो सन्देश जारी गर्दै अभिनेता रिनोल्ड्सले तेस्रो श्रृंखलालाई लिएर आफूहरु कडा मेहनत गरिरहेको बताएका छन् । ‘हेलो ज्याक के तिमी अर्को एकपटक वुल्भरिनको भूमिका गर्न तयार छौं,’ भिडियोमा उनले भनेका छन् ।
भिडियोमा ज्याकम्यानले आफू तयार रहेको बताएका छन् । फिल्मको टाइटल लोगोमा पनि वुल्भरिन चरित्रको पञ्जालाई देखाइएको छ । यी दुई लोकप्रिय अभिनेतासँगै आउने भएपछि फ्यानहरु फिल्म हेर्न अधैर्य छन् ।
यसअघि सन् २०१६ मा रिलिज भएको ‘एक्स म्यान’ सिरिजको फिल्म ‘लोगन’मा दर्शकले ज्याकम्यानलाई वुल्भरिनको रुपमा हेरेका थिए ।
प्रतिक्रिया 4