
१२ असोज, काठमाडौं । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् ।
मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् ।
उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टर त्यसतर्फ पठाइएको छ । हेलिकोप्टरमार्फत् उनलाई गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4