
काठमाडौं । गायक गोविन्द गुरुङले ‘मनको भारी’ बोलको गीत सार्वजनिक गरेका छन् । गोविन्द स्वयंको शब्द रहेको गीतमा हरि लम्सालको संगीत तथा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
आफ्नी आमाले पोखेको भावनाबाट प्रभावित भएर गोविन्दले रचना गरेको गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराई फिचर्ड छन् । भिडियोका निर्देशक पनि लक्ष्मी र जीवन नै हुन् ।
सहरिया जीवनको व्यस्तताको कथा प्रस्तुत गर्ने भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् ।
२०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि औपचारिक गायनयात्रा सुरु गरेका गोविन्दका यसअघि पनि थुप्रै गीत सार्वजनिक भइसकेका छन् । उनी बैंकर समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4