
काठमाडौं । सन् २०१५ मा रिलिज भएको हिट बलिउड फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलाको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रहस्यले भरिएको फिल्मको सिक्वेलालाई लिएर दर्शकमा व्यग्र प्रतीक्षा छ ।
फिल्मका प्रमुख अभिनेता अजय देवगणले बुधबार सामाजिक सञ्जालमार्फत ‘दृश्यम २’को पोस्टर सार्वजनिक गर्दै यसको टिजर रिलिजको समय समेत सार्वजनिक गरेका छन् । फिल्मको टिजर २९ सेप्टेम्बरमा रिलिज हुनेछ ।
पोस्टरमा अजयलाई हातमा बेल्चा लिएर बाबाको महासत्संग द्वारमा परिवारका साथ उभिरहेको देख्न सकिन्छ । फिल्ममा अजयकी सानी छोरी बनेकी मृणाल जाधवले हातमा सीडी चक्का लिएकी छन् भने अजयकी अनस्क्रिन पत्नी श्रीया सरनको हातमा ब्याग छ ।
फिल्मा तब्बु प्रहरी अधिकृतको भूमिकामा रहनेछिन् । रहस्यले भरिएको दृश्यमको पोस्टरका साथमा अजयले ‘विजय सालगांवकरको केस फेरि खुल्नेवाला छ’ भनेर उल्लेख गरेका छन् ।
‘दृश्यम २’ १८ नोभेम्बरमा सिनेमा हलमा रिलिज गर्ने तयारी छ । फिल्मका निर्देशक अभिषेक पाठक हुन् ।
प्रतिक्रिया 4