
१२ असोज, काठमाडौं । दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ ।
नेपाल टेबल टेनिस संघको तत्वाधानमा नेपाल एपीएम प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ३ गतेसम्म हुने आयोजक नेपाल एपीएम प्रालिले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
प्रतियोगिता भैसेपाटीस्थित नेपाल एपीएम क्लबमा हुनेछ । प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष भेट्रान्स सिंगल (४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि) पुरुष भेट्रान्स टिम र महिला भेट्रान्स सिंगल (४० वर्ष माथि) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।
सबै विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले समान २० हजार रुपैयाँ पाउनेछन् । यस्तै सेमिफाइनलसम्म पुग्नेले १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितका सञ्चालनका लागि १२ लाख ५० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिताको लागि सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । प्रायोजकले अनुमानित लागत रकमको ४० प्रतिशत (५ लाख रुपैयाँ) आयोजकलाई प्रदान गर्नेछ ।
प्रतिक्रिया 4