
काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा दशैं पर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।
चाडवाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा पुग्ने विश्वासका साथ क्यासब्याक अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो अफर ८-१४ असोजसम्मका लागि लागू हुनेछ ।
जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै बैंकसँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडवाडलाई लक्षित गरी कपडा एवं जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4