
१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान संचालन गर्ने भएको छ ।
वाईसीएल अध्यक्ष सुबोध शेर्पाइलीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २०० युथ’ परिचालन गर्ने भएको छ।
वाईसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सिध्याएर तीन महिने सुदृढीकरण तथा विस्तार अभियान समेत घोषणा गरेको छ। अभियानको उद्देश्य देशभर ९ लाख सदस्यता वितरण गर्ने रहेको शेर्पाइलीले बताए।
वाईसीएलको विधानको व्यवस्था अनुसार हरेक वडामा कम्तीमा १०० सदस्यता वितरण हुनेछ । त्यस्तै प्रत्येक वडामा १ वडा कमिटी र ३ इकाई कमिटी समेत बन्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4