
Photo Credit : UP Lamichhane
१३ असोज, काठमाडौं । गत निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यमा विवेकशील साझाबाट उमेदवार बनेका पुरुषोत्तम ढुंगेल आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज बिहान एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा स्वागत गरेका हुन् ।
ढुंगेल ३० वर्ष लामो कांग्रेसको राजनीति छाडेर विवेकशील साझामा प्रवेश गरेका थिए । विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले उनलाई काठमाडौं क्षेत्र नम्बर १ (ख)को उम्मेदवार बनाएका थिए । तर उनी पराजित भएका थिए ।
रवीन्द्र मिश्र बुधबारमात्रै राप्रपामा प्रवेश गरेका छन् र उनले शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4