+

मोड्रिचले कम्मरको चोटका कारण तीन खेल गुमाउने

२०७९ असोज  १३ गते १२:११ २०७९ असोज १३ गते १२:११
मोड्रिचले कम्मरको चोटका कारण तीन खेल गुमाउने

१३ असोज, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् ।

कम्मरको जोर्नीमा देखिएको चोटका कारण १० दिन मैदान बाहिर रहँदा उनले तीन खेल गुमाउने छन् । मोड्रिचले ला लिगमा ओसासुना, च्याम्पियन्स लिगमा शाख्तर डोनेस्क र ला लिगामै गेटाफेविरुद्धको खेल गुमाउने भएका हुन् ।

क्रोएसियाको कप्तानी गरिरहेका ३७ वर्षीय मोड्रिच अष्ट्रियाविरुद्ध ३–१ को जित निकालेको खेलमा घाइते भएका थिए । बुधबार क्लबको प्रशिक्षण सत्रमा मोड्रिचले चोट लागेको पुष्टि गरे ।

मोड्रिच च्याम्पियन्स लिगमा शाख्तर र दोस्रो यो सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनासँगको खेलमा फर्किने आश गरिएको छ ।

मोड्रिचले नेसन्स लिगको दुवै खेल खेल्दा दुवैमा पूरा समय मैदानमा बिताएका थिए । उनकै उच्च प्रदर्शनमा क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ ।

क्रोएसियासँगै नेदरल्यान्ड्स, इटाली र स्पेन नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् ।

 

रियल म्याड्रिड लुका मोड्रिच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय