
काठमाडौं । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
१२ असोजमा नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ कारोबार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि विषयमा सहकार्य हुनेछ ।
कार्यक्रममा सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउँदा निकैनै गर्वको अनुभूति भइरहेको बताए । उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गरे ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको बताए ।
प्रतिक्रिया 4