
काठमाडौं । नेपाल-अंग्रेजबीचको युद्धको कथा प्रस्तुत गर्ने फिल्म ‘नालापानी’को ट्रेलर रिलिज भएको छ । कात्तिक ४ गते प्रदर्शन हुने फिल्मको बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।
फिल्मले नालापानीमा आधुनिक हातहतियार भएको अंग्रेज फौजमाथि बलभद्र कुँवर नेतृत्वको नेपाली फौजले खुकुरी र स्थानीय हतियारको बलमा बहादुरीपूर्वक लडेको कथा पेस गर्छ ।
रिमेश अधिकारी निर्देशित फिल्ममा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान र मनोज शाक्यको प्रमुख भूमिका छ । फिल्मका निर्माता मनोज शाक्य हुन् ।
ट्रेलर रिलिज कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली वीरताको कथा प्रस्तुत गर्ने फिल्म भएकाले ‘नालापानी’लाई एक साता एकल प्रदर्शनको मौका दिन आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी अन्य वक्ताले यसलाई विशेष फिल्म घोषणा गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया 4