
१३ असोज, काठमाडौं । नेपाल पर्वतारोहण संघबाट दशैंको दुई दिनबाहेक अन्य दिन निरन्तर आरोहण अनुमति जारी हुने भएको छ ।
संघले बिहीबार एक सूचना जारी गरी १८ र १९ असोज (नवमी र दशमी)का दिन मात्र दशैंको सार्वजनिक बिदा हुने जानकारी गराएको हो । यसबाहेक २१ असोजमा परेको शनिबार बाहेक अन्य सबै दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म आरोहण अनुमति जारी रहने संघले जनाएको छ ।
पर्वतारोहण संघले विभिन्न २७ वटा हिमालको आरोहण अनुमति जारी गर्ने र ती हिमालको प्रबर्द्धन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4