
काठमाडौं । आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको दशैं अफरकाे चौथो हप्ताको विजेता घोषणा गरिएको छ ।
सेवाग्राही बीरेन महतो र राजकुमार गुरुङ ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताको विजेता बनेका छन् । महतोले कुवेत र गुरुङले संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फत नेपाल पैसा पठाएका थिए । दुवै जनाले जनही २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम बिक, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4