
१४ असोज, काठमाडौं । ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’बाट अनलाइनखबरकर्मी सइन्द्र राई पुरस्कृत भएका छन् ।
किरात राई पत्रकार संघको १५ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राईलाई प्रमुख अतिथि किरात राई यायोख्खाका महासचिव भीम राईले नगद तथा प्रमाणपत्र सहित सम्मान गरे । किरात राई पत्रकार संघले कृषिविज्ञ मदन राईद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष राई पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।
स्थापना दिवस कार्यक्रम किरात राई यायोख्खा भवन कोटेश्वरमा आयोजना भएको थियो । कार्यक्रमका विशेष अतिथि वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईले राईहरुको साझा समस्या, हक, अधिकारको विषयमा एकीकृत रुपमा कलम चलाउनुपर्ने बताए ।
यायोख्खाका महासचिव भीम राईले यायोख्खा प्रदेश १ को नामकरण छिटो गर्नको लागि दबाव दिइरहेको र त्यसमा पत्रकारहरुले पनि दबाव दिन आग्रह गरे ।
प्रदेश १ का १४ जिल्लाहरुमध्ये किरात राई पत्रकारको १५ औं स्थापना दिवस ११ जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको केन्द्रीय अध्यक्ष अवतारमान राईले जानकारी दिए ।
प्रतिक्रिया 4