
१४ असोज, काठमाडौं । दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।
सोही दिनदेखि फरार रहेका लौरंगलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4