
काठमाडौं । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैंमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दशैंका लागि अत्यन्तै उपयुक्त छन् ।
कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । यसका साथै उपभोक्ताहरुले आफूले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् ।
यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरु दशैंको कुरा गर्नासाथ परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्ने कोकाकोला नेपालले जनाएको छ ।
यो वर्ष कोका–कोलासँग मिलेर दशैंमा खाइने ५ विशेष परिकारहरुको रेसिपी प्रस्तुत गरिने शाहले बताए । यो रेसिपीमा आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको उनको भनाइ छ ।
यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थीले नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्ने भन्दै मास्टर सेफ सन्तोष शाहसँग मिलेर दशैं विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
प्रतिक्रिया 4