
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स इन्टर प्राइजेजले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
१३ असोजमा उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम दुई पांग्रेकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम भएको कम्पनीको दावी छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लू स्क्वायरलाई अवलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो ।
यामाहाको ग्लोबल मोटर स्पोर्टस् लिगेसी आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लू स्क्यायर शोरुमलाई लिइएको छ । ब्लू स्क्यायर शोरुममा प्रयोग गरिएको ब्लू कलरले यामाहा ब्राण्डको रेसिङ डीएनए र स्क्यायरले एकद्वार खरिद केन्द्र जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, पार्टपूर्जा एकै ठाउँबाट खरिद गर्न पाउने सुविधा रहनेछ । नयाँ शोरुमबाट छिटो र व्यक्तिगत वानटूवान सेवा प्रदान गरिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4