
१४ असोज, काठमाडौं । भारतीय नेशनल कंग्रेसका नेता शशि थरुरले पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार बिहान उम्मेदवारी दर्ता गर्नुअघि उनी राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेका थिए । उनले शुक्रबार नै पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।
उम्मेदवारी दर्ताका लागि शुक्रबार अन्तिम दिन हो । अध्यक्ष पदका लागि थरुर बाहेक पार्टीका वरिष्ठ नेता एवं राज्यसभाका प्रतिपक्षी नेता मालिकार्जुन खड्गे उम्मेदवार बन्ने देखिन्छ । कांग्रेस नेता प्रमोद तिवारीले उनलाई समर्थन गरेका छन् ।
बीबीसी हिन्दीका अनुसार कंग्रेसका अर्का नेता दिग्विजय सिंहले भने उम्मेदवार दिने छैनन् । खड्गे पार्टीको वरिष्ठ नेता भएकाले उनीविरुद्ध चुनाव नलड्ने सिंहले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4