
काठमाडौं । लागुऔषध दुर्व्यसनको कथावस्तुमा निर्माण भएको फिल्म ‘सरी मम’को पहिलो पोस्टर सार्वजनिक भएको छ । यो सोसल ड्रामा फिल्मको दुई फस्टलुकमा आमा र छोराबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ ।
अर्को पोस्टरमा सरोज खनाल, सरिता लामिछानेसहितका कलाकार छाएका छन् । नवीन बोगटी निर्देशित फिल्मले कुलतमा फसेको नयाँपुस्तालाई सत्मार्गमा हिंड्न सन्देश दिन्छ ।
सातै प्रदेशमा च्यारिटी शैलीबाट रिलिज गर्ने योजना बुनिएको फिल्मले प्रदर्शनमा प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, प्रहरी र क्लबहरुसँग सहकार्य गर्ने निर्माता विनोद लामाले बताए ।
जेसिजका १७४ शाखाले समेत फिल्म प्रदर्शनमा सहकार्य गर्ने भएका छन् । एलिश राई, प्रभात पल, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी समेत कलाकार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4