
१४ असोज, काठमाडौं । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
उनले काठमाडौंमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । प्रदेश सभामा सदस्य रहँदा श्रेष्ठले संसदमा चर्को आवाज उठाउने गरेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ८ मा गठबन्धनको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, स्वतन्त्र उम्मेदवार सुमन सायमीको पनि चर्चा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4