
काठमाडौं । ‘बिग बोस’ भारतीय टेलिभिजनमा सबैभन्दा चर्चित र लोकप्रिय मध्येको एक शो हो । सन् २००६ देखि बिग बोस सुरु भएको थियो । बिग बोसको सिजन-१६ शनिबारदेखि सुरु हुँदैछ र सलमान खान यसलाई होस्ट गर्दैछन् ।
सन् २०१० मा पहिलोपटक सलमान खान शोका होस्ट बनेका थिए । त्यो पनि चौंथो सिजन थियो । सलमानको यो यात्रा अहिले पनि जारी छ ।
बिग बोस अंग्रेजी शो ‘बिग ब्रदर’बाट प्रेरित छ भने यसअघिका पहिला होस्ट थिए अभिनेता अरशद वारसी । उनीपछि बिगबोस दोस्रो सिजनको होस्ट बनेकी थिइन् शिल्पा सेठ्ठी ।
सिजन तीनलाई अमिताभ बच्चनले पनि होस्ट गरेका थिए ।
बिगबोसको घरमा प्रतियोगीबीच घमासान लडाइ पनि हुन्छ जसले गर्दा यो शो धेरै विवादित पनि बन्ने गर्छ । यसपटक १३ प्रतिस्पर्धीले भाग लिएका छन् । भनिएअनुसार चौंथो सिजनमा शोमा धेरै बदलाव आएको छ ।
अब शुक्रबार र शनिबार
बिगबोस सिजन-१६ एक अक्टोबर (शनिबार) नेपाली समयानुसार राती ९ः४५ बजे कलर्स च्यानलमा प्रसारण हुनेछ ।
अघिल्ला सिजनभन्दा यसपटक ‘विकेन्डका वार’को दिन बदलिएको छ । बिगबोसमा सबैभन्दा विशेष शो विकेन्डका वार हुनेगर्छ । यो त्यही दिन हो जुनदिन सलमान खान आउँछन् र घरभित्र हप्ताभित्र भए गरेका कुरालाई लिएर कक्षा लिन थाल्छन् ।
केही अवसरमा सलमान प्रतिस्पर्धीलाई भेट्न घरभित्र पनि जाने गर्छन् ।
पछिल्ला १२ वर्षमा हामीले विकेन्डका वार भनेर शनिबार र आइतबारलाई हेर्ने गरेका थियौं तर, यसपटक एपिसोड शुक्रबार र शनिबार राती प्रसारण हुनेछ ।
यसपटक कुनै नियम हुनेछैन
बिगबोसको प्रत्येक नयाँ सिजनमा नयाँ नियमहरु बनाइन्छन् जसलाई सबै प्रतियोगीले मान्नु पनि जरुरी छ । तर, कतिपय प्रतिस्पर्धीले यी नियमलाई सजिलै तोडेको पनि देख्न सकिन्छ ।
यसपटक नियमलाई लिएर बिगबोसमा केही फैसला पनि गरिएको छ । सलमानले पत्रकारलाई दिएको जानकारीअनुसार यसपटक कुनै पनि नयाँ नियम छैन ।
यसपटक बिगबोस पनि खेल्दैछन् गेम
हालै शोको एक प्रोमो आएको थियो जहाँ भनिएको थियो ‘यसपटक गेम बदलिनेछ किनभने स्वयम बिगबोस पनि खेल्दैछन ।’
दर्शकबीच बिगबोसको आवाजलाई लिएर खास जिज्ञासा छ । पछिल्ला १५ वर्षदेखि उनीहरु केवल बिगबोसको आवाज मात्र सुन्दै आएका छन् तर अहिलेसम्म देख्नेको मौका पाएका छैनन् ।
१५ वर्षमा बिगबोसले सबैको खेल देखे । यसपटक उनी आफ्नो गेम देखाउनेछन् । प्रतियोगीसँगै बिगबोस पनि खेल खेल्दै गरेको रुपमा देख्न सकिन्छ ।
बिगबोसमा हुनेछन् चारवटा कोठा
चर्चित फिल्म निर्माता एवं निर्देशक उमंग कुमार केहीवर्षदेखि बिग बोसको घरलाई डिजाइन गरिरहेका छन् । प्रत्येक चोटी बिगबोसको घरलाई नयाँ डिजाइनमा देख्न सकिन्छ ।
यसपटक बिगबोसको घरको थिम हो – सर्कस ।
ती चारवटा कोठामा के-के हुन्छन्, जुनबारे जान्न तपाईंले शो सुरु हुने समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । सबै कोठालाई नाम दिइएको छ । फायर रुम, ब्ल्याक एण्ड ह्वाइट रुम, कार्ड्स रुम र भिन्टेज रुम ।
फ्यान्ससँग प्रतियोगीले कुरा गर्न पाउनेछन्
‘विकेन्डका वार’ प्रत्येक शनिबार र आइतबार आउने गथ्र्यो । अब यसको ठाउँमा आइतबारको दिनमा बिगबोस स्पेसल एपिसोड राखिएको छ ।
स्पेसल एपिसोडको नाम राखिएको छ -इन्ट्रेक्टिभ इन्डिया एपिसोड
छोटे भाइजान बिगबोस-१६का पहिला प्रतिस्पर्धी
ताजिकिस्तानका पर्फमर अब्दू रोजिक बिगबोस-१६ का पहिलो प्रतियोगि बनेका छन् । पत्रकारसँग बातचित गर्दै सलमानले यसबारे जानकारी दिएका छन् । सानो कदको गायकको रुपमा परिचित अब्दू रोजिक आफूले आफूलाई छोटा भाइजानको रुपमा सम्बोधन गर्छन् ।
हिन्दी बोल्न नआउने भएर पनि उनी हिन्दी गीत गाउँछन् । सलमानको आगामी फिल्म ‘किसी का भाई किसी का जान’ फिल्ममा पनि देखिँदैछन् ।
सलमानले पत्रकारलाई दिएको जानकारीअनुसार उनकी आमाले लगातार चौध सिजनसम्म बिगबोस हेर्दै आएकी थिइन् तर १५ औं सिजनदेखि उनले हेर्न छाडेकी थिइन् ।
सलमानले आफ्नी आमाले १६ औं सिजन अवश्य रुचाउने समेत बताए ।
को-को देखिनेछन् यसपटक ?
१५ सिजन सफल रहे पश्चात १६ औं सिजन कोरोना महामारीपछिको पहिलो सिजन हुनेछ ।
यसपटक प्रतियोगीको रुपमा चर्चित फिल्म निर्देशक तथा निर्माता साजिद खान पनि सहभागि हुने सम्भावना छ ।
लोकप्रिय टिभी कलाकार टीना दत्ता पनि हुनेछिन् । धारावाहिक ‘उतरन’बाट यी अभिनेत्री चर्चित छिन् ।
हरियाणाकी नृत्यांगना सपना चौधरीपछि अर्की डान्सर गोरी नागोरी पनि प्रतिस्पर्धामा हुनेछिन् । सलमानले गोरी नागोरीसँग ठुम्का लगाएको हेर्न पाइने भएको छ ।
चौंथो प्रतियोगीको रुपमा मिस इन्डिया रनरअप मान्या सिंह आउने सम्भावना छ । उत्तर प्रदेश निवासी मान्या सिंह गरिब परिवारबाट आएकी हुन् । उनका बुवा रिक्सा चालक हुन् । सन् २०२० मा उनी फेमिना मिस इन्डियाकी रनरअप थिइन् ।
कलाकार शालिन भनोट, भोजपुरी अभिनेत्री सौन्दर्या शर्मा, टिभी कलाकार निम्रित कौर, अभिनेता अंकिग गुप्ता, गौतम विग तथा प्रियंका चौधरीको नाम पनि सामन्नु आएको छ ।
प्रतिक्रिया 4