
काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको यो गीतमा लक्ष्मण पौडेलको शब्द र संगीत छ भने गायक बाबुल गिरीकै एरेन्ज छ ।
भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ र रुबी पौडेलले अभिनय गरेका छन् । म्युजिक भिडियोमा रुबीको यो पहिलो अभिनय हो । चर्चित कलाकारहरुसँग स्क्रीन सेयर गर्ने अवसर पाएकी पौडेलले आफ्नो पहिलो म्युजिक भिडियोबाटै निकै आशावादी भएको बताइन् ।
यो गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका छन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् ।
बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्कले निर्माण गरेको यो भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने शिलन लम्सालले सम्पादन तथा कलरिङ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4