+
+

खानीखोलाका इन्स्पेक्टर पक्राउ, ब्यारेकमै जबरजस्ती करणी उद्योग गरेको अभियोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १७:१५

१६ असोज, काठमाडौं । महिला प्रहरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् ।

पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समेत हुन् ।

त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्री भन्छन्, ‘यहाँ ल्याएर बुझ्ने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?