
१६ असोज, काठमाडौं । सत्ता गठबन्धनका नेताहहरूले असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई फकाउने प्रयास गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको थियो ।
गठबन्धनका अन्य दलका नेताहरुले भने आफूहरु पनि सन्तुष्ट नभएको बताएका छन् । जसपा प्रवक्ता मनिष सुमनले भने, ‘उहाँहरुले हामी कोही पनि सन्तुष्ट छैनौं । तपाईंहरूले व्यक्त गर्नुभयो, हामीले गरेका छैनौं भन्नुभयो ।’
उनका अनुसार बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुटिसकेको छैन र भोलि सोमबार बिहान ८ बजे अर्को बैठक बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4