+

घाँटीमा मासुको हड्डी अड्किएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ : डा. अरुण के.सी

२०७९ असोज  १७ गते १३:५२ २०७९ असोज १७ गते १३:५२
घाँटीमा मासुको हड्डी अड्किएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ : डा. अरुण के.सी

काठमाडौं ।  रक्सी खाएको बेला होस् वा अरुबेला, हतारमा मासु खाँदा हड्डी अड्किन सक्छ । यस्तो समस्या बुढापाका एवं बालबच्चामा पनि हुनसक्छ ।

खासगरी माछाको हड्डी अड्किने समस्या धेरै देखिन्छ । यद्यपि खसी, लोकल कुखुरा आदिको हड्डी अड्किएर उपचारै गराउनुपर्ने स्थिति पनि आउन सक्छ । माछाको भन्दा पनि कुखुरा वा खसीको हड्डी अड्किएमा त्यो बढी जटिल हुनसक्छ । त्यसो भए हड्डी अड्किएमा तुरुन्तै के गर्ने त ? डा. अरुण के.सीसँग गरिएको कुराकानी ।

घाँटीमा हड्डी अड्कियो भने तत्काल के गर्न सकिन्छ ?

हड्डी कुन ठाउँमा अड्किएको हो त्यो कुरा सबैभन्दा पहिले थाहा पाउनु जरुरी हुन्छ । श्वासनलीमा हड्डी अड्किएको हो भने घुचुकमा हिर्काएर त्यो हड्डी निकाल्ने गरिन्छ, जुन आम विधि हो । तर खाना खाने नलीमा अड्किएको हो भने त्यसको प्राथमिक उपचार केही पनि छैन तुरुन्त अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

घाँटीमा हड्डी कस्तो अवस्थामा रहन्छ ?

घाँटीमा अड्किएको हड्डी कुनै बेला घाँटी छेडेर अड्किएको हुन्छ भने कहिले श्वासनलीमा सिधा भएर तथा तेस्रिएर बस्न सक्छ ।

कस्तो अवस्थामा अड्किन्छ ?

दाँत नभएका व्यक्ति, राम्ररी नचपाई खाना निल्ने व्यक्ति र मादक  पदार्थ सेवन गर्दा मासु खाने व्यक्तिहरूमा हड्डी अड्किने सम्भावना बढी हुने विभिन्न तथ्याङ्कले देखाएको छ । त्यसैले मासु खाँदा यस्ता व्यक्तिहरूले अलि सचेत भएर मासु खानुपर्छ ।

हड्डी अड्कियो भने के उपचार गर्नुपर्छ ?

घाँटीमा हड्डी अड्कियो भने यसको उपचार शल्यक्रिया नै हो । अवस्था अलि जटिल छैन भने सामान्य शल्यक्रिया घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्था छ भने सिजरियन शल्यक्रिया नै गर्नुपर्छ ।

यो कुन अवस्थामा बढी जोखिमपूर्ण हुन्छ ?

केही समयअघि अस्पतालमा एक जना बिरामी हड्डी अड्किएको चार दिनपछि  आएका थिए । चार दिनपछि अस्पताल आउँदा उनको घाँटीमा नै इन्फेक्सन भएको थियो । त्यसैले हड्डी अड्कने बित्तिकै अस्पताल गइहाल्नुपर्छ । पछि जाउँला भनेर कुरेर बस्दा जोखिम बढ्न सक्छ ।

गाउँघरमा हड्डी अड्कियो भने सुकेको गुराँस खान दिइन्छ, यो तरिका कत्तिको ठीक हो ?

हड्डी अड्कियो भने गाउँघरमा सुकेको गुराँस र केरा पनि खान दिइन्छ । केरा तथा गुराँस खाएर अड्किएको हड्डी निस्कन्छ भनेर प्रमाणित छैन । यो तरिका कति ठीक हो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान पनि  भएको छैन ।

घुचुकमा हिर्काउने विधि कति उचित हो ?

श्वासनलीमा हड्डी अड्किएको हो भने घुच्चुकमा हिर्काउने विधि ठिक हो । तर हड्डी घाँटीमा खाना खाने नलीमा अड्किएको हो भने यो विधि ठिक होइन । हड्डी घाँटीमा अड्किएको छ भने तुरुन्त अस्पताल नै पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।

जीवनशैली हड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?