
१८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको नवौं दिन महानवमीमा नवदुर्गादेवीको पूजा आराधाना गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणासहित टीका लगाएर नवदुर्गादेवीको पूजा आराधना गरेकी हुन् ।
यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्न पनि आग्रह गरेकी थिइन् ।
पूजाआराधानाका क्रममा ‘रातो टीका निधारमा…’ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
यो वर्षको दशैंको टीकाको साइत बुधबार बिहान ११ः ५१ मा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4