+
+

कांग्रेस नेता बुढाथोकीको गुनासो : पार्टीले मेरो नाक कटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १८:२८

१८ असोज, काठमाडौं । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाई, जलकुमार गुरुँ र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा २ मा कांग्रेसले जित्न सक्ने स्थानमा माओवादीलाई सुम्पिएकै भन्दै बुढाथोकीले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे । पार्टीभित्र संस्थापन पक्षका नेता बुढाथोकीले अनलाइनखबरसँग भने,‘माओवादीलाई उम्मेदवार बनाएर पार्टीले मेरो नाक कटायो ।’

स्थानीय तहको मतको आधारमा कांग्रेसभन्दा एमाले यस क्षेत्रमा अगाडि छ । एमालेले ३४ हजार ४१२ मत पाउँदा दोस्रो शक्ति कांग्रेसले ३१ हजार १५८ मत पाएको थियो । माओवादी केन्द्र झापामा चौथो शक्ति छ । माओवादीले स्थानीय चुनावमा दुई हजार ३५७ मत पाएको थियो ।

माओवादी केन्द्रबाट धर्मशीला चापागाईंलाई उम्मेदवार बनाउन लागेको छ । तर बुढाथोकी भने माओवादी केन्द्रको उम्मेदवारले जमानत जोगाउन नसक्ने दाबी गर्छन् ।

‘दुई हजार मत पाएको माओवादीलाई कांग्रेसको ३१ हजार मत खस्छ ? माओवादीको जमानत जफत हुन्छ’, दलको हैसियतको ख्याल गर्न नसक्ने नेताहरु पार्टीमा रहेको भन्दै उनले गुनासो गरे, ‘दुई र दुई जोड्न नसक्ने नेताहरु माथि बसेकाले कांग्रेसको यो अवस्था आएको हो ।’

माओवादीको पक्षमा मत माग्दै कांग्रेसका नेता कार्यकर्ता प्रचारमा लाग्नेमा उनले आशंका व्यक्त गरे । तपाईँ चाहिँ के गर्नुहुन्छ नि भन्ने प्रश्नमा बुढाथोकीले भने,‘तपाई मेरो ठाँउमा भएको भए जे गर्नुहुन्थ्यो । म त्यही गर्छु । गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न सक्ने÷नसक्ने बारे पछि थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?