
काठमाडौँ । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को शीर्ष गीत सार्वजनिक भएको छ । यो लिरिकल गीत ‘हाँस्नै गाह्रो छ यहाँलाई…’ मा भूषण खतिवडाको शब्द, संगीत र स्वर समावेश छ ।
युवाको निराशालाई चित्रण गरिएको यो गीतले तन्नेरीको मनोविज्ञान र उनीहरुको मनोदशालाई दर्शाउँछ । गीतमा फिल्मका तस्वीर र केही दृश्यहरु समेत समावेश गरिएको छ ।
समाजले दुई नम्बरी करार गर्ने काममा लाग्न युवाहरु किन बाध्य छन् भन्ने यथार्थलाई गीत चित्रण गर्छ । रिकेश गुरुङको एरेन्ज, आर्टमान्डु स्टुडियो रेकर्ड र दीपक गुरुङको भिडियो एनिमेसन आकर्षक लाग्छ ।
असोज २१ गते रिलिज तयारीमा रहेको फिल्ममा उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय छ । दीपेन्द्र लामाद्धारा लिखित तथा निर्देशित फिल्मलाई दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठले निर्माण गरेका हुन् ।
प्रस्तुतकर्ता किरण नेपाली हुन् । हेर्नूस गीत :
प्रतिक्रिया 4