
१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् । उनी केही दिनअघि दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक पुगेका छन् ।
ओलीले दमकमा आफ्ना बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर अन्य सर्बसाधरणलाई पनि लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4