
काठमाडौँ । हलिउड अभिनेत्री एन्जेलिना जोली र उनका पूर्वपति ब्राड पिटबीचको मुद्दामा लामो समयदेखि अदालतमा सुनुवाइ भैरहेको छ । मंगलबार जोलीले पूर्वपतिविरुद्ध अदालतमा घरेलु हिंसाको दावीसहित कागजपत्र पेश गरेकी छन् ।
सन् २०१६ मा नीजि जहाजमा आफू र आफ्ना बच्चाहरुमाथि अभिनेता पिटले हिंसा मच्चाएको आरोप जोलीले अदालतमा बुझाएको विवरणमा उल्लेख छ ।
जोलीका अनुसार पिटले उनको बच्चामाथि कुटपिट गर्दै आफ्नो अनुहारमा मुक्का हानेको उल्लेख छ । यतिमात्र होइन, ब्राडले उनको टाउको ढोकामा ठोक्काइदिएका थिए । यो घरेलु हिंसाको घटनापछि आफूले सम्बन्ध विच्छेद गरेको जिकिर पनि जोलीले गरेकी छन् ।
आफ्नो अनुमति बिना वाइनरी पसल पनि विक्री गरेको आरोप ब्राडले जोलीमाथि लगाएका छन् । जवाफमा जोलीको दावी थियो, उनी ब्राडबाट डिभोर्स चाहन्थिन् र यसो गरिन् । ब्राडको समूहले भने जोलीले लगाएका सबै आरोपहरु झूठा भएको दावी गरेको छ ।
न्यूयोर्क टाइम्सको विवरणअनुसार ब्राडको कुटपिटपछि बच्चाहरु गम्भीर घाइते भएका थिए । उक्त दौरान आफूले बच्चाहरुलाई बचाउने प्रयास गरेको दावी पनि जोलीले गरेकी छन् ।
प्रतिक्रिया 4