
काठमाडौँ । के राजेश हमाल र प्रदीप खड्काबीच सहकार्य हुन लागेको हो ? हालैको विकसित घटनाक्रमले यस्तै संकेत गर्छ ।
मंगलबार मुम्बई उड्नुअघि हमालसँग ‘प्रेमगीत’ निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता खड्काबीच झन्डै एक घण्टा भलाकुसारी भएको छ । भेटमा नयाँ प्रोजेक्टमा सम्भावित सहकार्यबारे चर्चा भएको अनुमान निकट स्रोतले गरेका छन् ।
‘प्रेमगीत ३’ मा पनि निर्माताले हमाललाई प्रस्ताव राखेका थिए तर, त्यो सम्भव भएन । निर्माता सेनले पनि नयाँ फिल्ममा हमाललाई लिनेबारे संकेत गरे । उक्त भेटमा ‘प्रेमगीत ३’ को देश-विदेशको चर्चा आफूले सुनेको र चाँडै सेन र खड्कासँग बसेर फिल्म हेर्ने इच्छा हमालले राखेको जनाइएको छ ।
राजेश र प्रदीपबीचको यो भेट पहिलो चाहिँ होइन । यसअघि पनि यी दुई कलाकारबीच भएको भेटमा हमालले प्रदीपको एक्टिङ करिअरको प्रशंसा गरिसकेका छन् । जे भएपनि, यो भेटले चाँडै एउटा आकार पाउनेमा फ्यानहरु विश्वस्त छन् ।
‘प्रेमगीत ३’ अहिले दोस्रो सातामा प्रदर्शन भैरहेको छ । नेपाल र भारतमा दशैं विदाको कारण कमाइमा उछाल आएको निर्माता सेनले मुम्बईबाट जानकारी दिए ।
प्रतिक्रिया 4