+
+

भद्रपुर विमानस्थलमा केपी ओली र विश्वप्रकाशको जम्काभेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते १९:२३

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मावीच भद्रपुर विमानस्थलमा जम्काभेट भएको छ ।

दशैं मानेर गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा बुधबार भद्रपुर एयरपोर्टमा ओली र शर्माको भेट भएको थियो । एयरपोर्टमा दुई नेताबीच करिब ४५ मिनेट संवाद भएको झापाका एक कांग्रेस नेताले जानकारी दिए ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री शर्मासँग गठबन्धनका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा शर्माले गठबन्धनले स्पष्ट बहुमत ल्याउने गरी अघि बढेको बताए । ओलीले भने गठबन्धनमा आवद्ध दलहरुको तालमेलले एमालेलाई जित निकाल्न सहज भएको जवाफ फर्काएका छन् ।

महामन्त्री शर्माले एमाले र कांग्रेस दुबै आफ्नै बलबुतामा हिँड्न नखोजेको र एउटाको कमजोरीमा टेकेर अर्को उठ्न खोज्ने परिस्थिति बन्नु दुखद भएको शर्माले बताउँदा ओली सहमति जनाएका थिए । ओली र विश्वप्रकाशबीच गृह जिल्ला झापाको आन्तरिक राजनीतिका विषयमा भने खासै कुरा भएन ।

एमाले अध्यक्ष ओली झापा ५ बाट चुनाव लड्दैछन् भने कांग्रेस महामन्त्री शर्मा झापा १ बाट । पाँचदलीय गठबन्धनको भागवण्डामा झापा ५ माओवादी केन्द्रले पाउने सम्भावना छ भने शर्माको क्षेत्र १ मा एमालेबाट रवीन कोइरालाको नाम सिफारिस भएको छ, तर अग्नि खरेल उठ्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?