
२० असोज, कायरो । इजिप्टका नागरिकहरूले झण्डै २०० वर्षपछि बेलायतबाट रोजेटा स्टोन फिर्ता ल्याउन माग गरेका छन् ।
इजिप्टका वरिष्ठ पुरातत्वविद्हरूले यसलाई इजिप्टमा फिर्ता गर्न बेलायतसँग माग गरेका छन् । यो ऐतिहासिक महत्वको ढुङ्गा हाल ब्रिटिश संग्रहालयमा छ । यसका लागि पुरातत्वविद्हरूले अनलाइन माध्यमबाट अभियान सञ्चालन गरिरहेका छन् ।
रोसेटा ढुङ्गा सन् १९६ ईसा पूर्वको हो । यसलाई १७९९ मा उत्तरी इजिप्टमा नेपोलियनको सेनाले पत्ता लगाएका थिए । सन् १८०१ को अलेक्जान्ड्रिया सन्धि अन्तर्गत नेपोलियनको पराजयपछि यो ढुङ्गा बेलायतले कब्जा गरेको थियो र सन् १८०२ देखि बेलायतको संग्रहालयमा राखिएको छ ।
उता, बेलायती संग्रहालयका प्रवक्ताले भने रोसेटा स्टोन फिर्ताको लागि इजिप्ट सरकारबाट कुनै औपचारिक अनुरोध नगरिएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4