
२० असोज, काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक पुन: सञ्चालनमा आएको छ ।
१७ किलोमा पहिरो गएर अवरुद्ध भएको सडक बिहान सवा ११ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको हो ।
सडक आज बिहान ८ : २० बजेदेखि अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सडकमै रोकिएका सवारी साधन गन्तव्यतिर पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
सडक अवरुद्ध हुँदा दशैंको टीका र आशीर्वाद थाप्न हिँडेकाहरू अलपत्र परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4