
२० असोज, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
स्कुटरको पछाडि सवार दोलखा घर भएका २० वर्षकै सचिन तामाङ घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4