+
+

उदित नारायणको मृत्युको हल्लाबारे म्यानेजरले भने, ‘नेपालबाट हल्ला फैलाइयो, उहाँ स्वस्थ हुनुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १६:२९

काठमाडौँ । बुधबार बेलुकादेखि नै सामाजिक सञ्जालको टाइमलाइन सुप्रसिद्ध गायक उदितनारायण झाको मृत्युको हल्लाले तात्यो । आगोको झिल्को जसरी नेपाली नेटिजन र प्रशंसकमाझ पनि यो खबर भाइरल बन्यो ।

हल्ला लगत्तै उनका नेपाली प्रशंसक समेत चिन्तित देखिए । यस्तोमा, गायक झाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कौतुहलता पनि छ । हल्लाबीच उदितका व्यवस्थापकको टिप्पणी बाहिरिएको छ र उनले हृदयघातको हल्लालाई खण्डन गरेका छन् ।

मिडियासँगको कुराकानीमा उदित नारायणले भने- ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले अघि भने- म हाँस्दै छु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो उमेर बढाएको छ । हिजो मात्र दिपालीले मलाई फोन गरेर भनिन्, तिम्रो लागि एउटा नराम्रो खबर आएको छ, मानिसहरूले मलाई फोन गरेर मेसेज गरेर तिम्रो हृदयघातको बारेमा सोधिरहेका छन् ।’

उदितले धेरै पटक यस्ता अफवाह मानिसका बारेमा फैलिने गरेको बताउँदै यस्तो सुन्दा दुःख लाग्ने बताए । ‘मैले बुझिनँ किन कसैले यस्तो गरेको होला । यसअघि पनि २०११ मा केही गुण्डाहरू पक्राउ परेका थिए जसले मलाई मार्ने ठेक्का दिएका थिए । मलाई यस्ता कुरामा कुनै आपत्ति छैन, तर परिवारका सदस्यहरू तनाबमा पक्कै छन् ।’

उदितका म्यानेजरले भने, ‘हामीलाई लाग्छ यो हल्ल नेपालबाट फैलिएको हो । किनभने जुन नम्बरबाट यो म्यासेज पठाइएको छ, त्यसको कोड नेपालको हो।’ यो अफवाहका कारण गायक आफैं पनि निकै दुःखी भएको उनले बताए । म्यानेजरका अनुसार उदित अहिले पूर्णरुपमा स्वस्थ छन् । यो अफवाह सामाजिक सञ्जालमा फैलिएपछि मानिसहरु निकै आक्रोशित भएका छन् ।

यद्यपी यो हल्ला कसले फैलाएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन । तर यो हल्लाले पक्कै पनि नेपाली र भारतीय मनोरञ्जन जगतमा हलचल मच्चाएको छ।

आजतकको रिपोर्ट अनुसार उदितका म्यानेजरले भने- हार्ट अट्याकको रिपोर्ट पूर्णतया गलत हो र यी रिपोर्टमा कुनै सत्यता छैन । उदितजी एकदम ठिक हुनुहुन्छ । उहाँलाई केहि भएको छैन । उनले भने- यी रिपोर्टपछि मैले उदित जीसँग कुरा गरें, उहाँ आफैं पनि यी समाचारका कारण धेरै दुःखी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?