+
+

तीब्र दरमा बढ्दै कुलेखानी जलाशयमा पानीको सतह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १९:२३

२० असोज, काठमाडौं । मकवानपुरमा अवस्थित कुलेखानी जलाशयमा पानीको तह १ हजार ५२०.८६ मिटरमा पुगेको छ । बिहीबार साँझसम्ममा कुलेखानी जलाशयको पानीको सतह तीव्र दरमा बढिरहेको छ ।

जलाधार क्षेत्रमा पानी परिरहेकाले प्रतिघण्टा १० देखि २० सेन्टिमिटरसम्म पानीको तह बढी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

हिजो राति १२ बजेदखि साँझ ६ बजेसम्म करिब १८ घण्टाको अवधिमा १ मिटर २ सेन्टिमिटर पानीको सतह बढेको छ । यसरी नै पानीको सतह बढेमा १५–१६ दिनमा भरिन सक्ने प्राधिकरणका एक अधिकारीले बताए ।

कुलेखानी जलाशयमा गत वर्ष ३० कात्तिकमा १ हजार ५२९ मिटरसम्म उच्च तहको पानी रेकर्ड गरिएको थियो । गएको जेठ ३० गते कुलेखानी जलाशयमा १ हजार ४९३.५३ मिटर तल्लो रेकर्ड मापन गरिएको थियो ।

अन्य विद्युत् गृहबाट उत्पादित विद्युतले नै माग धान्ने हुँदा मंसिरसम्म कुलेखानीलाई चलाउनु पर्दैन ।

एक मात्रै जलाशययुक्त आयोजना भएकाले कुलेखानीलाई नेपालको ‘पावर ब्याक–अप’ भनिन्छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?