+
+
फ्राइडे रिलिज  :

आजदेखि हलमा ‘दुई नम्बरी’ र नेटफ्ल्क्सिमा नेपालको भूकम्पबारेको फिल्म ‘आफ्टरसक’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १०:५०

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा फिचर फिल्म ‘दुई नम्बरी’ र ओटीटी प्लेटफर्म नेटफ्ल्क्सिमा २०७२ सालको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ रिलिज भएका छन् ।

दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र बुद्दि तामाङको अभिनय छ । २ घण्टा ५ मिनेट लामो फिल्मले मित्रताको कथा भन्छ ।

‘दुई नम्बरी’को कथासार यस्तो छ : फिल्मले हिमाल र छिरिङ नामका दुई एमेच्योर शिकारीको कथा भन्छ । उनीहरुले आफ्नो जीवनमा ठूला सपना देख्दैनन् । तर हिमालले आफ्नी प्रेमिका बालिकाको सपना पूरा गर्नुपर्छ, र त्यसका लागि उसले नैतिकताको रेखा पार गर्छ ।

यसैबीच एउटी अपरिचित युवती उगेनको गाउँ प्रवेशले छिरिङको मनस्थितिमा परिवर्तन ल्याउँछ । त्यो चरणमा हिमाल र छिरिङले आफ्नो छुट्टै व्यक्तिगत विचारधाराको खोजी गर्ने मौका पाउँछन् । उनीहरुको मित्रतामा समस्या आउँछ । झगडा गहिरो हुन्छ र यसले उनीहरूको सम्बन्ध बिग्रन्छ । तिनीहरू आफ्नो सद्भाव र शान्तिपूर्ण वातावरण पुनस्र्थापना गर्न संघर्ष गरिरहन्छन् ।

नेटफ्ल्क्सिमा २०७२ सालको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ पनि शुक्रबारदेखि नै रिलिज भएको छ ।

विनाशकारी भूकम्पलाई चित्रण गरिएको यो डकुमेन्ट्री सशक्त लाग्छ । काठमाडौं उपत्यका, सगरमाथा क्षेत्र र लाङटाङमा छायांकन गरिएको यो डकुमेन्ट्री तीन सिरिजमा विभाजित छ जसमध्ये पहिलो भागलाई नेटफ्ल्क्सिले रिलिज गरेको हो ।

डकुमेन्ट्रीमा भूकम्पमा ज्यान बचाउन सफल ३५ भन्दा बढी व्यक्तिसँगको अन्तर्वार्तासहित भूकम्पको समयका फुटेजहरु प्रस्तुत गरिएको छ । वृत्तचित्र रुचाउने दर्शकलाई यो फिल्म प्रिय हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?